Alag Dhar

देशमा भूराजनीतिक चलखेल भयो – उपमहासचिव ज्ञवाली

१ कात्तिक/हेटौंडा । नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले देटशमा जेनजीको नाउँमा भएको विध्वंशकारी घटनालाई भूराजनीतिक चलखेलको रुपमा ब्याख्या गर्नुभएको छ ।

नेकपा (एमाले) मकवानपुरको बिस्तारित भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले भूराजनीतिक चलखेल भइरहेको बताउनुभएको हो ।

‘नेपालको इतिहासमै पहिलो पटक दलाइ लामाले अहिलेको सरकारलाई बधाई दिएकाले पनि यो कुरा प्रष्टिएको छ’ पूर्वमन्त्री समेत रहनु भएको ज्ञवालीले भन्नुभयो–‘चीन विरोधी गतिविधि गर्नका लागि अदृष्य शक्तिहरुले नेपालमा वातावरण तयार गर्न लागिरहेका छन् ।’

उहाँले गत भदौ २३ र २४ गते भएको घटनाको छानबीनका लागि गठित आयोगले सरकारले दिने सुझाव एमालेलाई अहिले नै थाहा भएकाले आयोगको छानबीनको कुनै अर्थ नरहेको बताउनुभयो । ज्ञवालीले घटना भइरहेकै बेला तत्कालीन प्रधानमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेख्ने ब्यक्तिले दिने प्रतिवेदन आफूहरुलाई अमान्य हुने समेत बताउनुभयो ।

जनप्रतिनिधि नहुँदा संक्रमण लम्बिने भएकाले तत्कालै संसद पुनस्र्थापना हुनुपर्ने पार्टीको केन्द्रीय कमिटीको माग भएको उहाँले स्मरण गराउनुभयो । ‘यसो भनिरहँदा नेकपा एमाले चुनावबाट भागेको होइन’, उपमहासचिव ज्ञवालीले प्रश्न गर्नुभयो–‘यो सरकारले चुनावको वातावरण बनाउनुपर्छ कि पर्दैन ? पार्टी अध्यक्षलाई देशभर घुम्न समेत रोक लगाएको सरकारले कसरी चुनाव गराउँछ भनेर पत्याउनु ?’

पार्टी फुट, संविधान विहिनता, राजाको हस्तक्षेप लगायत अनेकै अफ्ठ्यारा पार गरेर अघि बढेको एमालेसँग बर्तमानमा पनि संविधानवाद र लोकतन्त्र जोगाउने ल्याकत भएकाले त्यसका लागि जागरुक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

एमाले  जिल्ला उपाध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बिघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय निर्वाचन आयोग सदस्य तथा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल लगायतले मन्तब्य राख्नु भएको थियो । -गोरखापत्र

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.