Alag Dhar

चार मन्त्री थपिँदै, आजै शपथ

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उनीहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ।

उनीहरुको आजै शपथ ग्रहण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ। आज मन्त्रिपरिषद् विस्तार हुने।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.