Alag Dhar

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

मकवानपुर । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ ।

मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि हिमपात भएपछि किसानलाई खेतीपातीका लागि लाभ मिलेको छ । यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । हिउँले जमिनको भित्री तह सिँचाइ हुने भएकाले किसानहरू खुशी भएका छन ।

हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ ।

हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् भने मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू सामागाउँ र साम्दोमा रोकिएका छन् । कात्तिकमै परेको यस वर्षको पहिलो हिमपातले एकातिर जनजीवन प्रभावित पारेको छ भने अर्कातिर खेतीबालीका लागि लाभदायक बनेको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.