Alag Dhar

जापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्। भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।

ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। दुवै नेताबीचको भेटमा व्यापार र सुरक्षा सम्बन्धी विषयहरूलाई प्राथमिकता राख्दै छलफल भएको थियो । ताकाइचीले जापानले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा आगामी वर्ष २५० ओटा चेरीका रूख उपहारस्वरूप दिने घोषणा गरेकी छन् ।

साथै, उनले ट्रम्पलाई अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि जापानले औपचारिक सिफारिस गर्ने घोषणा समेत गरिन् ।ट्रम्प सोमबार जापान पुगेका थिए, जहाँ उनले सम्राट नारुहितोसँग भेट गरेका थिए। मंगलबार दिउँसो उनी प्रधानमन्त्री ताकाइचीसँगै योकोसुका नौसैनिक अड्डाको निरीक्षण गर्न जाने कार्यक्रम छ । त्यहाँ अमेरिकी विमानवाहक पोत यूएसएस जर्ज वासिङ्टन तैनाथ छ।

अमेरिकामा ५५० अर्ब डलर लगानी गर्दै जापान

ट्रम्प र ताकाइचीले मंगलबार व्यापार र ‘रेयर अर्थ मिनरल्स’ सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलरको लगानी गर्नेछ। यसको सट्टामा अमेरिका जापानी निर्यातमा १५ प्रतिशत मात्र ट्यारिफ लगाउनेछ।

‘रेयर अर्थ मिनरल्स’ सम्बन्धी सम्झौताले इलेक्ट्रोनिक्सका लागि आवश्यक खनिजहरूको आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राखेको छ। विश्लेषकहरूका अनुसार यो कदमले ट्रम्पमाथि जापानको रक्षा खर्च बढाउनुपर्ने दबाब केही हदसम्म घटाउने सम्भावना छ।

ट्रम्पले जापानले आफ्नै सेनामा थप खर्च गर्नुपर्ने माग गर्दै आएका छन्। ताकाइचीले हालै जापानले आफ्नो रक्षा बजेटलाई राष्ट्रिय जीडीपीको २ प्रतिशतसम्म बढाउने बताएकी थिइन् ।

भेटका क्रममा ट्रम्प र ताकाइचीले दिवंगत जापानी प्रधानमन्त्री शिन्जो आबेलाई पनि स्मरण गरेका थिए । ताकाइचीले ट्रम्पलाई आबेको गोल्फ क्लब उपहारका रूपमा दिने घोषणा गरिन्।

दक्षिण कोरियामा सीसँग भेट्दै ट्रम्प

जापान भ्रमणपछि ट्रम्प दक्षिण कोरिया पुग्नेछन्, जहाँ उनी एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनमा सहभागी हुनेछन्। त्यहाँ ट्रम्पको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने तय छ।

ट्रम्प चीनसँग नयाँ व्यापार सम्झौता गर्न इच्छुक छन्, जसले लामो समयदेखि चलिरहेको व्यापार युद्ध अन्त्य गर्न मद्दत गर्न सक्छ।

प्रस्तावित सम्झौतामा अमेरिकी सोयाबिन खरिद, दुर्लभ खनिजमाथि लगाइएको प्रतिबन्ध हटाउने र फेन्टानिल जस्ता औषधिका कच्चा पदार्थमाथि नियन्त्रण गर्ने विषयहरू समावेश छन्।

अमेरिकाले फेब्रुअरी २०२५ मा चीनमाथि १० प्रतिशत ट्यारिफ लगाएको थियो, जुन अप्रिलसम्म बढेर १४५ प्रतिशत पुगेको छ।

  • एजेन्सीहरूको सहयोगमा

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.