Alag Dhar

विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ता गर्दै

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल आयोग जाने भएका छन् ।

दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । ‘तीन वटा विकल्प लिएर अयोगमा जाँदैछौँ । हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौँ । आयोगका पदाधिकारीसँग पनि छलफल गर्दै छौँ । नामको सम्बन्धमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन ।

आयोगका कुन कुन दल दर्ता भएका छन् । कुन कुन प्रक्रियामा छन्, ती सबै अध्ययन गरेर मात्र पार्टी दर्ता गर्ने तयारी गरेका छौँ । सकेसम्म पार्टीको नाम पछाडि फुर्को नजोड्ने गरी राख्छौँ । चुनाव चिन्हबारे पनि निष्कर्षमा पुगेको छैन’, उनले भने ।

ढकालले आयोगमा बुझाउन १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको तथा नपुगेको बाँकी दस्ताबेज पछि उपलब्ध गराउने बताए । संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गरेको नेकपाले २०८१ चैत १९ गते आयोगमा दल दर्ताका लागि अध्ययन गर्न बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.