Alag Dhar

बाँकेबाट भागेका २२३ कैदीबन्दी अझै फरार

मकवानपुर । बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागा र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट भागेका ३४० जना कैदीबन्दी मध्ये २२३ जना अझैपनि पक्राउ नपरेको बताउनुभयो ।

उहाँले तीमध्ये केही भारतमा प्रवेश गरेको र अन्यहरु नेपालमै कतै लुकेर बसेको हुन सक्ने जनाउँदै खोजी कार्य भइरहेको पनि बताउनुभयो ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बाल सुधारगृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बाल सुधारगृहबाट भागेका ४४ जना बालबन्दी पनि पक्राउ परेका छैनन् ।

सोही प्रकारले नौबस्ता कारागारबाट भागेका ३६ कैदीहरू नियन्त्रणमा आएको र अझै ११३ जना नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।

भदौ २४ गते जिल्लाका कारागार र बालबन्दीहरु मध्ये डुडुवास्थित जयन्दु बालसुधार गहृबाट ११५ जना, नौबस्ता बाल सुधारगृहबाट ७८ जना र नौबस्ता कारागारबाट १४७ जना बालबन्दी र कैदीहरु फरार भएका थिए ।

भाग्ने क्रममा सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर नौबस्ता बाल सुधारगृहका पाँच जना बालबन्दीको मृत्यु समेत भएको थियो ।

जिल्लाको पुरानो कारगार नेपालगन्जस्थित कारगारबाट भने भदौ २५ गते कैदी बन्दीले भाग्ने प्रयास गरेपनि नेपाली सेनाले कारगारको सुरक्षा गरेकोले भाग्ने प्रयास असफल भएको थियो ।

सो क्रममा सेनाले गोली चलाउँदा भाग्न खोज्ने एकजना कैदीको खुट्टामा गोली लागेको थियो ।

जिल्लाका विभिन्न कारगार र बालसुधार गृहबाट भागेका मध्ये केहीलाई बाँकेबाटै, केहीलाई नेपाल भारत जमुनाहा नाकाबाट र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.