Alag Dhar

बाजुरामा बस दुर्घटना, घाइते सहचालक जोशीको मृत्यु

मकवानपुर । बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।

गत शनिबार बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना परी घाइते हुनुभएका जोशीलाई जिल्ला अस्पताल बाजुरामा ल्याएको थियो । उहाँलाई थप उपचारका लागि धनगढी पठाउने बेलामा गाडीमा राख्दा राख्दै उहाँको मृत्यु भएको हो ।

उहाँ सुप्र ०१००१ ख ३१८१ नम्बरको बस को सहचालक हुनुहुन्थयो । सो बस हिजो कोल्टीदेखि मार्तडी हुँदै धनगढी जाँदै गरेका बेला दुर्गघना हुँदा उहाँ घाइते हुनुभएको थियो । बस सडकमै पल्टिँदा उहाँलगायत अन्य ६ जना घाइते भएका थिए ।

घाइते छ जनालाई थप उपचारका लागि कैलालीको नवजीवन अस्पतालमा लगिएको छ । उहाँहरुको अहिले उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको सुदूरपश्चिम यातायात बाजुराका उद्धार समिति सदस्य रामचन्द्र गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मृतक सहचालकलाई पनि थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको थियो । गौमुलदेखि एम्बुलेन्स बोलाएका थियौँ । एम्बुलेन्स आएर उहाँलाई गाडीमा राख्दा त्यतिजेन्ल उहाँको मृत्यु भएको हो ।”

अहिले उहाँको काजजात मिलाउनका लागि हामी उद्धार समिति तथा अन्य बस व्यवसायी समेत जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालय बाजुरामा जाँदैछौं । साथै उहाँको शव अहिले पोष्मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको गिरीले बताउनुभयो ।

बस दुर्घटनामा बडिमालिका –७ का ४२ वर्षीया शङ्रराज सार्की ३२ वर्षीया जयराज जैशी, बुढीनन्दा –१ का ५३ वर्षीया सेते लुहार ५३ वर्षीया जङ्गवीर सार्की र ४४ वर्षीया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षीया चालक तुलाराम सार्की घाइते हुनुभएको थियो । उहाँको थप उपचारका लागि कैलालीको नवजीवन अस्पतालमा लिएको र उहाँहरुको अहिले त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले बताउनुभयो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.