Alag Dhar

अछामको हाटबजारमा आगलागी, सात पसल जलेर नष्ट

मकवानपुर । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परी ७ वटा पसल पूर्णरुपमा जलेर खरानी बनेका छन् । स्थानीयहरुका अनुसार, आगो करिब पौने ९ बजे तिर सुरु भएको थियो ।

गत वैशाख १३ गते यसै स्थान नजिकै आगलागी भएर ठुलो क्षति भएको थियो । छ महिनामै दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरु पुनः शोकमा डुबाएका छन् । सुरक्षा निकाय र स्थानीय बासिन्दाले निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

आगलागीबाट जलेर नष्ट भएका पसलहरुमा अशोक कुँवरको जुता पसल, महेन्द्र कार्कीको किराना पसल, बल बहादुर कुँवरको होटेल, सुमन कुँवर (ईभी) को काण्टर/डोका डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नर बहादुर गिरीको सिलाई–कटाई पसल रहेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्ट भएका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

संयुक्त प्रयासले आगो नियन्त्रणमा लिए पनि पसल भित्रका सामान जोगाउन भने सकिएन ।

प्रारम्भिक अनुमान अनुसार, आगलागीबाट लाखौँ रुपियाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय प्रशासनले पीडित व्यापारीहरुलाई राहत र क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको जनाएको छ । यस अघि वैशाखमा पनि उक्त क्षेत्र नजिकै आगलागी भएको थियो ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.