Alag Dhar

विषालु रसेल भाइपर सर्प भेटियो

मकवानपुर । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो ।

धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर रहेछ ।”

ढुङ्गानाका अनुसार सो क्षेत्रमा पछिल्लो तीन वर्षयता लगातार यी सर्प देखा परेका छन् । गत वर्ष घरमा मान्छे सुतेको खाटमुनि रसेल भाइपर भेटिएको थियो । बेलैमा देखा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा छोडिएको ढुङ्गानाको भनाइ छ । यसै गरी दुई वर्षअगाडि पनि खेतमा धान काट्ने बेला मेसिनले च्याप्दा मरेको अवस्थामा सर्प भेटिएको थियो ।

सर्प संरक्षण एवं उद्धारमा सक्रिय टीकापुरका लक्ष्मण उपाध्यायले कैलालीमा रसेल भाइपर सर्प नियमित भेटिइरहेको बताउनुभयो । उहाँले आफूले पनि थुप्रै रसेल भाइपरको उद्धार गरिसकेको सुनाउँदै यो सर्पले टोकेमा मान्छेको तत्काल मृत्यु हुने गरेको उल्लेख गर्नुभयो ।

उपाध्यायले यो वर्ष कैलालीको टीकापुर क्षेत्रबाट विभिन्न प्रजातिका ६२८ वटा सर्पको उद्धार गरेर मान्छेलाई सम्भावित जोखिमबाट जोगाउनुभएको छ । केही वर्षदेखि सर्प उद्धारको काम गरिरहेकाले हालसम्म तीन हजार ५५३ वटा सर्प उद्धार गरिसकेको उहाँको भनाइ छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.