Alag Dhar

खेतबाट पानी कटाउन नसक्दा खेतमै कुहिन थाल्यो धान

मकवानपुर । धान काटेर पाँजा लगाएको खेतबाट पानी कटाउन नसक्दा किसानको धान खेतमै उम्रिन थालेको छ ।

खासगरी मोरङको उर्लाबारी–९ बोडरलाइनका किसानले खेतको पानी कटाउन नसक्दा धान खेतमै उम्रिएको हो । आकाश खुलेपछि दिन तातियो । तर खेतबाट पानी कटाउन सकिएन । जसले गर्दा खेतमै धान उम्रियो । गाउँघरमा कृषि मजदुर छैनन् । बल्ल बल्ल काटेको धान कुन्यु लगाउन नपाउँदै खेतमै सड्यो । बोर्डरलाइनका किसान डिकेन्द्र बस्नेतले भन्नुभयो, “खेतमा पानी जमेकोले धान उम्रियो । बस्नेत प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ लगायत उर्लाबारी-९ को बोर्डरलाइनका अधिकांश किसानको धान खेतमै कुहिएको छ ।”

उर्लाबारी–९ कि मालती मैया खड्काले भन्नुभयो, “काटेको धान मात्र होइन । नकाटेको धान पनि ढलेर सोत्तर भएको छ । खेतमै उम्रिन थालेको छ ।” खेतबाट अझै पानी नसुकेको उहाँले बताउनुभयो ।

यस्तै उर्लाबारी –५ को फोगो चौक उत्तरतर्फको खेतमा अझै पानी सुकेको छैन । दक्षिणतर्फको बस्ती अग्लो भागमा छ । त्यसैले पानीको निकास छैन । पानीमाथि धानका बाला तैरिएका थिए । अहिले उम्रिएर ब्याड जस्तो भएको छ ।

पानी कटाउने निकास भएको ठाउँमा र बलौटे माटो भएका खेतमा भने पानी सुकेर कम क्षति भएको छ । लेटाङ, मिक्लाजुङ, केराबारी,कानेपोखरी र बेलबारीको उत्तरी भागमा भने कम क्षति भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा काट्ने बेला भएको १५ प्रतिशत धान पूरै लडेको छ । यस्तै १० प्रतिशत आंशिक लडेको छ भने काटेको ५ प्रतिशत धान उम्रिएर बिग्रिएको छ । उहाँले बस्तीसँग जोडिएको खेतमा पानीको निकास नभएका जग्गामा र पानी कटाउन नसकिने जग्गामा बढी क्षति भएको जानकारी दिनुभयो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.