Alag Dhar

मौसम खुलेपछि मनास्लुमा पर्यटकको चहलपहल बढ्यो

मकवानपुर । केही दिनदेखि परेको हिमपातका कारण केही समय सुस्त बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मौसम खुलेसँगै पुन पर्यटकको चहलपहल बढ्न थालेको छ ।

हिउँ पग्लिएर पदमार्ग स्पष्ट रुपमा खुलेपछि आन्तरिक तथा बाह्रय पर्यटकहरू मनास्लु पदमार्ग हुँदै हिमाल नजिकका गाउँतिर पुग्ने क्रम तीब्र बन्दै गएको हो ।

मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका कार्यालय प्रमुख सन्तोष सेरचनका अनुसार अनुकुल हावापानीका कारण मनास्लु क्षेत्रमा यात्रु आवतजावतमा सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षित यात्राका लागि आवश्यक सूचना जारी गरी पदमार्ग खुला गरेपछि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र एमक्यापका कार्यालय प्रमुख सेरचनको भनाइ छ ।

मौसम खुलेसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकहरू खुशी हुँदै गन्तव्य तर्फ हिँडिरहेका छन्, पर्यटक पथप्रदर्शक अजय गुरुङले भन्नुभयो, ‘सामागाउँबाट साम्दो हुँदै छ सय पदयात्री लार्केपास गइरहेका छन् ।’

मनास्लु संरक्षण क्षेत्र अन्तर्गत सामागाउँ, ल्हो, साम्दो, नामरु, चेक जस्ता रमणीय गाउँहरूमा दैनिक सयौँ पर्यटकहरू पुग्ने गरेका छन् ।

आन्तरिक तथा बाह्रय पर्यटकहरूले पनि हिमाली संस्कृतिको अनुभव गर्न तथा अद्‌भुत प्राकृतिक दृश्य अवलोकनको मज्जा लिँदै खुशी भएको साम्दोको होटेल व्यवसायी फुर्जेन लामाले बताउनुभयो ।

पर्यटकको चहलपहल बढेसँगै स्थानीय होटेल तथा लज सञ्चालकहरू व्यस्त बनेका छन् भने गाइड व्यवसाय पनि पुन सक्रिय भएको होटेल व्यवसायीले बताए ।

एमक्याप कार्यालय गोरखाका अनुसार असोज महिनादेखि कात्तिक महिनाको १८ गतेसम्म चार हजार विदेशी पर्यटकले मनास्लु पदमार्गको अनुमति लिएर यात्रा गरिरहेका छन् ।

यात्रा गर्ने पर्यटकहरूमा अमेरिका, बेलायत, रुस, जर्मन, जापान लगायतका देशहरूका पर्यटक बढी देखिएको एमक्याप कार्यालय गोरखाले जनाएको छ ।

स्थानीय होटेल व्यवसायी फुञ्जो तासी लामाका अनुसार पर्यटक आगमन बढेपछि आर्थिक गतिविधि पुन बढ्दै गएको छ ।

उहाँले भन्नुभयो, ‘उत्तरी गोरखाका सबै होटेल पर्यटकले गर्दा भरिभराउ रहेकाले खाद्यान्न लगायतका खानेकुराको थप माग गर्नु पर्ने अवस्था आएको छ ।’

उत्तरी गोरखाको पदमार्ग सफा भएपछि होटेल तथा व्यवसायीलाई उत्साह थपिएको छ । अबको केही महिना मनास्लु क्षेत्र घुम्न आउने पर्यटकको लागि सबैभन्दा सुनौलो समय भएकाले पनि दैनिक सयौँ पर्यटकहरू मनास्लु क्षेत्र पुगेका एमक्याप प्रमुख सेरचनको भनाइ छ ।

मनास्लु हिमाल, विमथाङ, ल्हो मठ र सामागाउँका दृश्यावलोकन स्थलहरूमा अहिले घमाइलो मौसम, स्वच्छ आकाश र हिमालको झल्कोले पदयात्रीहरुलाई मुग्ध बनाइरहेकाले पनि पर्यटकहरू उत्तरी गोरखाको घुम्न आएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखा र मनास्लु संरक्षण क्षेत्र एमक्याप कार्यालयले पर्यटक सुरक्षामा विशेष ध्यान दिइरहकाले पनि अनुकुल मौसम संगै उत्तरी गोरखामा पर्यटन व्यवसाय पुन फस्टाउदै गएकाले उत्तरी गोरखाका बासिन्दाहरुमा आशा र उत्साह थपेको पर्यटन ब्याशायी निमा दोर्जे लामाले बताउनुभयो ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.