Alag Dhar

सुर्खेतरोड सडक छेउको अतिक्रमण हटाउन उपमहानगरको अल्टिमेटम

मकवानपुर । नेपालगन्ज उपमहानगरपालिकाले रत्न राजमार्ग अन्तर्गत सुर्खेतरोडको बिपी चोकदेखि धम्बोजी चोकसम्म सडकको दुवैतर्फको नालादेखि सात फिट भित्र पर्ने सबै संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

उपमहानगरपालिकाले मङ्गलबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेत रोडको बिपी चोकदेखि धम्बोझी चोकसम्मको फुटपाथ निर्माण तथा वृक्षारोपणस्थल निर्माण गर्ने भएको जनाउँदै सो सडकको दुबैतर्फको सात फिट भित्र निर्माण गरिएका टहरा, होर्डिंङ बोर्ड लगायतका सबै सरंचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माद्धारा हस्ताक्षरित सो सुचनामा तोकिएको अवधीभित्र उक्त संरचनाहरू नहटाइए कार्यालयले हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनुपर्ने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाइएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले सुर्खेतरोडको निर्धारित क्षेत्रको सडकको दुबैतर्फको नालादेखि सात फिट भित्र पर्ने टहरा, होर्डिङ बोर्ड, पोल, पर्खाल वा जुनसुकै संरचना भएपनि मङ्सिर दुई गतेसम्म आफैँ हटाउन सुचना जारी गरिएको बताउनुभयो ।

उहाँले हटाउँदा भएको सबै नोक्सानीको जिम्मेवार संरचना धनी आफै हुने र हटाउने खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) बमोजिम जरिवानासहित असुल गरिने पनि बताउनुभयो।

पैदलयात्रीलाई सुरक्षित फुटपाथ र हरियाली दिन उपमहानगरले तत्काल काम थाल्ने जनाएको छ । यो सडक नेपालगन्जको मुख्य प्रवेशद्वार हो, जसलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्य रहेको उपमहानगरले जनाएको छ ।

मुख्य समाचार

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ...
आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा का...
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि शुरू

काठमाण्डौं । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । यस अघि सरका...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.