Alag Dhar

निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसले गतिविधि सञ्चालन गर्नुपर्छ : कल्याण गुरूङ

मकवानपुर । नेपाली कांग्रेसका नेता कल्याणकुमार गुरूङले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टीले आफ्ना सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।

विषम् परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट केही अलग हुन बाध्य भएको नेपालको संविधानलाई निर्वाचनले मात्रै मूलबाटोमा ल्याउन सक्ने उनको भनाइ छ ।

‘नेपाली कांग्रेसको अहिलेको लक्ष्य भनेको चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ’, नेता गुरूङले भने, ‘केन्द्रीय कार्यसमितिदेखि वडा कार्यसमितिसम्मका सबै तहहरू तन, मन र वचनले चुनावको तयारीमा लाग्नु पर्छ ।’

निर्वाचनले मात्रै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित राख्न सक्ने र चलायमान बनाउन सक्ने भन्दै उनले प्रतिनिधिसभा पुर्नबहालीबारे सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य हुने पनि बताए ।

नेता गुरूङले आगामी निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतका दुवै प्रणाली प्रत्यक्ष र समानुपातिकतर्फ, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनु पर्नेमा जोड दिए ।

पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनुपर्ने उनको भनाइ छ ।

गुरूङले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय संसदीय समितिलाई पूर्णता दिँदा कुनै पनि अवसर नपाएका युवाहरूलाई मनोनीत गरिनुपर्ने पनि बताए । मनोनीत गर्दा ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिलालाई समेटिनुपर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने पक्षमा नेता गुरूङ छन् । ‘आगामी चुनावहरूमा तीनवटै तहमा कतै पनि गठबन्धन गरिनु हुँदैन,’ उनले भने, ‘तर, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आवश्यक अवस्थामा आवश्यकताअनुसार अन्य दलहरूसँग गठबन्धन गर्न सकिने ढोकालाई भने खुल्ला राख्नुपर्छ ।’

कांग्रेसले प्रतिनिधिसभामा एकल बहुमत नआएसम्म सरकार गठन नगर्ने वैधानिक र एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणका क्रममा अन्य दलहरूसँग आवश्यकताअनुसार गठबन्धन गर्न सकिने विकल्पमध्ये कुनै एक विकल्प खुल्ला राख्ने निर्णय गर्नु पर्ने गुरूङको भनाइ छ ।

‘गठबन्धनको विषयमा मौसमअनुसार बोल्ने र मुडअनुसार बोली परिवर्तन गरिरहने प्रवृतिलाई रोक्ने वैधानिक व्यवस्था पार्टीले गर्नुपर्छ’, उनले भने ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.