Alag Dhar

बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम

मकवानपुर । बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँघरमा विद्युत् प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै आगामी मङ्सिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम सुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युत् जोखिम र त्यसको न्यूनीकरणका उपायबारे जानकारी प्रदान गर्नेछ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको आयोजनामा बाँकेका आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रको समन्वयमा सम्पर्क गर्न अनुरोध गरिएको वितरण केन्द्रका लेखा अधिकृत बुद्धिसागर भुषालले बताउनुभयो ।

उहाँले सो कार्यक्रममार्फत सहभागीहरूलाई विद्युतीय सुरक्षा, सम्भावित जोखिमका कारण, दुर्घटनापछि गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग तथा ऊर्जा खपतका उपायबारे प्रशिक्षण दिइने बताउनुभयो ।

नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमहरु एकदमै कम हुने गरेको उल्लेख गर्दै यसले विद्युत् दुर्घटना घटाउन सहयोग पुर्‍याउने बताउनुभयो । उहाँका अनुसार, यो कार्यक्रमले विद्युत् चुहावट नियन्त्रण र सम्भावित दुर्घटना न्यूनीकरणमा पनि योगदान पुर्‍याउनेछ ।

नेपालगन्ज वितरण केन्द्रका अनुसार, निकट भविष्यमा नरैनापुरमा विद्युत् सबस्टेशन निर्माण हुने र जानकी गाउँपालिकामा १३२ केभीए प्रसारण लाइन निर्माण भइरहेकाले बाँकेका विद्यालयहरूमा सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सचेतनाकै अभावका कारण बेला बेलामा बाँके जिल्लाका ग्रामीण क्षेत्रमा विशेष गरी विभिन्न प्रकारका विद्युत् सम्बन्धी घटना दुर्घटनाहरु हुने गरेका छन् ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.