Alag Dhar

सेयर बजारको सेरोफेरो

मकवानपुर । भाइबहिनीहरू, सेयर भन्ने शब्द सुन्नुभएको छ रु मानिलिऊँ तपाईंको बुवाले कुनै चकलेट कम्पनी खोल्नुभयो । त्यो कम्पनीमा १० लाख रुपियाँ लगानी गर्नुपर्ने भयो तर तपाईंका बुवाले लगानी गर्दा पनि सात लाख रुपियाँभन्दा बढी जम्मा हुन सकेन । उहाँले आफ्नो फ्याक्ट्रीलाई ‘पब्लिक लिमिटेड कम्पनी’ भनेर दर्ता गर्नुभयो । यसको अर्थ हो यो कम्पनीमा अब जोसुकैले पनि आर्थिक लगानी गर्न सक्छन् । त्यसपछि बुवाले बाँकी तीन लाख रुपियाँलाई एक सयरएक सय रुपियाँका ससाना टुक्रामा बाँडिदिनुभयो । यी एक सय रुपियाँका टुक्रालाई नै सेयर भनिन्छ । अब एक सय रुपियाँको एउटा टुक्रालाई ‘एक कित्ता सेयर’ भनिन्छ ।

यसरी सबै मानिसले आर्थिक लगानी गर्न सक्ने गरी कम्पनीको टुक्रा बेच्न राख्ने कामलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक बजार भनेको कम्पनीले सुरुमा पहिलो पटक आफ्नो सेयर बेच्ने ठाउँ हो । यसरी बजारबाट आममानिसले लगानी गर्न सक्ने गरी व्यवस्था गर्नुलाई सर्वसाधारणमा लगानी खुला गर्ने प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) भनिन्छ ।

यसरी कम्पनीको ससानो हिस्साका मालिक भएका केही प्रारम्भिक लगानीकर्ताले एक वर्षपछि आफ्नो सेयर बेच्ने निर्णय गरे भने के हुन्छ ? तिनीहरू प्रत्येकले बाहिर गएर नयाँ किन्ने मान्छे खोज्नुपर्ने छ, जुन गाह्रो हुन सक्छ । यसरी बेच्ने र किन्ने प्रक्रियाका लागि एउटा कुनै निश्चित बजार निर्धारण गरिएको हुन्छ, जसलाई सेयर बजार भनिन्छ । सेयर बजार भनेको एउटा विशेष ठाउँ हो जहाँ कम्पनीका सेयर किन्न र बेच्न पाइन्छ । नेपालमा यो काम ‘नेपाल स्टक एक्सचेन्ज’ भन्ने सरकारी संस्थाले गर्छ ।

सेयर लिने मानिस आफैँ गएर सिधै बेच्न वा किन्न मिल्दैन । त्यसका लागि धितोपत्र दलाल वा स्टक ब्रोकर भनिने मानिस वा कम्पनी हुन्छन् । उनीहरूले हाम्रा लागि सेयर किन्ने र बेच्ने काम गरिदिन्छन् । उनीहरूले आज कुन कम्पनीको सेयर कतिमा बेच्न सकिन्छ भनेर जानकारी राख्छन् ।

कुनै कम्पनीको सेयर धेरै मानिसले किन्न खोजे भने त्यसको मूल्य बढ्छ तर कम्पनीले राम्रो काम गरेको छैन वा घाटामा चलेको छ भन्ने भयो भने त्यो सेयर किन्न कोही पनि चाहँदैनन् । अनि त्यसको मूल्य घट्छ । यसरी सेयर किन्ने र बेच्ने ठाउँलाई दोस्रो बजार भनिन्छ । धितोपत्र दलाल अर्थात् स्टक ब्रोकरले कुन कम्पनीको आज कति मूल्यमा बेच्न सकिन्छ भन्ने तय गरेर स्टक एक्सचेन्जमा त्यसको जानकारी राख्ने गर्दछन् । सेयरको मूल्य स्थिर हुँदैन ।

जसले कम्पनीको सेयर किन्छन्, उनीहरूलाई सेयर धनी भनिन्छ । जब हामीले कुनै कम्पनीको सेयर किन्छौँ, तब त्यो कम्पनीको सानो अंशको मालिक बन्छौँ । हाम्रो हिस्सामा कति सेयर छ, त्यसैका आधारमा हामी कतिको मालिक भयौँ भन्ने थाहा हुन्छ । सेयरधनी भएपछि हामीले कम्पनीले कमाएको नाफाको केही अंश पाउँछौँ । यसलाई लाभांश भनिन्छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.