Alag Dhar

नेपाल आज बङ्गलादेशसँग भिड्दै

मकवानपुर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

ढाकास्थित नेशनल स्टेडियममा ७:४५ बजे सुरु हुने खेलमा नेपाल घरेलु टोली बङ्गलादेशमाथि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले मलेसियासँग नोभेम्बर १८ तारिख छनोट खेल खेल्नेछ । नेपाल र बङ्गलादेशबिच दुई महिनाको अन्तरमा दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो ।

यसअघि गत भदौको अन्तिम साता दशरथ रङ्गशालामा खेलिएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेल भने जेनजी आन्दोलनका कारण हुन सकेको थिएन ।

टोलीका अन्तरिम प्रशिक्षक हरी खड्काले यसअघि नै बङ्गलादेश र मलेसियाविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ ।

टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेश गुरुङ, जिलेस्पीजङ्ग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ हुनुहुन्छ ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.