Alag Dhar

स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अभियान नै सञ्चालन गरेर जिल्लामा आफुखुशी स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर सवारी साधन चलाउने, गाडीमा अतिरिक्त सिट बनाएर मानिस झुन्ड्याउने तथा ओभरलोड गाडी चलाउनेलाई कारवाही सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले जिल्लामा नियमविपरित विभिन्न तरिका अपनाएर सवारी साधन चलाउने गरेको पाइएकोले कारवाही अभियान नै सञ्चालन गरेको बताउनुभयो।

अधिकांश इभी भ्यान र म्याजिक भ्यानमा आफुखुसी मानिस झुन्ड्याउनका लागि अतिरिक्त सिट राखिएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख शाहीले बताए।

सो प्रकारका दुई दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जनाउँदै ‘मोडिफाइड’ गरेर चर्को ध्वानी निकाल्ने सबै मोटरसाइकलका साइलेन्सर झिकिएको सो कार्यालयले जनाएको छ।

स्वीकृति नलिइ सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुनेखालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपियाँ जरिवाना हुने व्यवस्था रहेको छ ।

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.