Alag Dhar

झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गर्यो मुस्ताङ भन्सारले

मकवानपुर । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गरेको छ । अत्यधिक चिसोसँगै कोरला नाका आसपासका क्षेत्रमा हिमपात भए पनि चीनबाट आयात गरिएका समान धमाधम आउन थालेपछि कात्तिक २५ गतेसम्म तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रूपियाँ राजस्व सङ्कलन भएको हो ।

भन्सार कार्यालय प्रमुख रमेश खड्काले चिसोसँगै सवारीसाधनमा ढुवानीमा समस्या भए पनि भन्सार कार्यालयले आयात, निर्यात भइरहेको बताउनुभयो ।

भन्सार प्रमुख खड्काले भन्नुभयो, ‘‘भन्सार कार्यालयमा रोकिएका मालबाहक सवारीसाधन जाँचपास समेत भइरहेको छ, सडकमा जमेको हिउँ पन्छाउँदै भए पनि ढुवानीको काम भइरहेको छ ।’’ भन्सार कार्यालयले भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सेवा प्रवाह गरेपछि हालसम्म एक हजार ६९९ वटा विद्युतीय (ईभी) गाडीसहित ८२८ मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान ४१ साना तथा मजौला ट्रकमार्फत पठाइएको छ ।

नेपालमा उत्पादन हुने सामानको चिनियाँ बजारमा खपतको वातावरण बनाउन त्यहाँका व्यवसायीसँगको सम्बन्ध स्थापनाका लागि कूटनीतिक पहल आवश्यक रहेको व्यवसायीको भनाइ छ । भन्सार कार्यालयबाट जाँचपास भएका सवारीसाधन एक सय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड सुधार नहुँदा ठुला कन्टेनर सञ्चालनमा समस्या भइरहेको छ । समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकामा मङ्सिरदेखि माघसम्म चार फिटसम्म हिमपात हुन्छ ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.