Alag Dhar

पूर्वप्रधानमन्त्री हसिनाको मानवता विरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

मकवानपुर । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ ९आगामी मङ्सिर १ गते० मा सुनाउने भएका छन् ।

मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताउनुभयो । ७८ वर्षीया शेख हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छ । उहाँले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गर्नु भएको छ ।

“कानूनअनुसार न्याय हुने छ”, अभियोजक इस्लामले भन्नुभयो, “हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउने छ ।” गत जुन १ देखि अनुपस्थित अवस्थामा सुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत गवाही सुनेको थियो ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म उहाँ सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो । अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवता विरुद्धका अपराधलगायत पाँच वटा मुख्य आरोप दर्ता गरेको छ ।

यदि दोषी ठहर हुनुभयो भने हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ । “हामीलाई विश्वास छ कि सम्माननीय अदालतले आफ्नो विवेकका साथ न्यायपूर्ण फैसला गर्ने छ”, इस्लामले भन्नुभयो, “यो निर्णयले न्यायको प्यास मेट्ने छ र मानवता विरुद्धका अपराध अन्त्यतर्फको ऐतिहासिक कदम हुने छ ।” पूर्वप्रधानमन्त्री हसिनाले भने सबै आरोप अस्वीकार गर्दै आफ्ना विरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोधको नाटक’ र ‘न्यायको अपमान’को संज्ञा दिनुभएको छ ।

उहाँका सह–अभियुक्तमा पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल(मामुन रहनुभएको छ । कमल हाल फरार हुनुहुन्छ भने ममुन अहिले हिरासतमा रहँदै दोषी ठहर हुनुभएको छ । फेब्रुअरीमा तय भएको आमनिर्वाचन नजिकिँदै जाँदा बङ्गलादेशमा राजनीतिक तनाव तीव्र बनेको छ । हसिनाको प्रतिबन्धित अवामी लिग पार्टीले बिहीबार देशव्यापी ‘लकडाउन’को आह्वान गरेको थियो । अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ, जसअन्तर्गत बख्तरबन्द सवारीसाधन र चेकपोइन्ट स्थापना गरिएको छ ।

यसैबिच, अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसको सरकारसँग सम्बन्धित भवनदेखि बस र इसाई धार्मिक स्थलसम्म कच्चा बम र पेट्रोल बम फ्याँकिएका घटना ढाकाभरि बढेका छन् । नोभेम्बर ११ मा पार्क गरिएको बसमा आगजनी हुँदा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यस घटनाक्रमबिच बङ्गलादेशको विदेश मन्त्रालयले बुधबार ढाकास्थित भारतका राजदूतलाई बोलाएर भारतले हसिनालाई पत्रकारसँग संवाद गर्न नदिन आग्रह गरेको छ ।

“यस्तो कुख्यात भगौडालाई शरण दिनु र उहाँलाई घृणा फैलाउने मञ्च प्रदान गर्नु दुई देशबिचको मैत्रीपूर्ण रचनात्मक सम्बन्धका लागि असहज कार्य हो”, बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै जनाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.