Alag Dhar

एनपिएल : काठमाण्डु ५३ रनले विजयी

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो। चितवनका लागि जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान दिनुभयो ।

चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट हात पार्नुभयो ।

१४३ रनको लक्ष्य पछ्याएको चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाउनुभयो भने सोहेल तनभिरले १८ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनलाई १७ ओभर दुई बलमा ८९ रनमै समेट्न काठमाण्डुका लागि राशिद खानले तीन विकेट लिँदा करण केसी मिलिन्द कुमार र साहब आलमले समान दुईदुई विकेट हात पर्नुभयो । उसका लागि सन्तोष यादवले एक विकेट लिनुभयो ।

यो जितसँगै करण केसीको नेतृत्वमा रहेको काठमाण्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको काठमाडौंले दुई खेल गुमाउँदा तीन खेल जितेको हो ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा झरेको छ ।

शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्दैछन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.