Alag Dhar

एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले जित हात परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन, पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन प्रहार गरे ।

ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तिर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ब्याटिङमा लय समात्न सकेन । पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख डक आउट भए । पहिलो ओभरकै पाँचौ बलमा शुभ कंशकार आउट भए ।

जनकपुरका वेन पर्नेले ५० रन जोडेर आउट भए । सञ्जय कृष्णमूर्तिले २५ रन जोडे । ओपनर माज सदाकत १४ रन जोडे । ललित राजवंशीले १० रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा पोखराका विपीन खत्री चम्किए । उनले आशिफ शेख, अनिश शाह, शुभ कंशाकरसहितका ब्याटरलाई आउट गर्दै चार विकेट लिए । सुमीतको बलिङ पनि आजको खेलमा चल्यो । उनले ओपनर माज सदाकत र सुरुवाती क्रममा ब्याटर जान निकोल लोफ्टी-इटनको विकेट लिए ।

कुशल भुर्तेल र जेम्स निशमले १र१ विकेट लिए । आकाश चन्द पोखराका खर्चिला बलर बने । उनले १ ओभर बलिङ गर्दा १२ रन खर्चिए ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.