Alag Dhar

हेटौंडामा ठूलो परिमाणमा लागुऔषधसहित एक अटो चालक पक्राउ

मकवानपुर । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित एक अटो चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक हेटौडा उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेका प्रहरीले जनाएको छ।

राप्तिरोडबाट थानाभर्‍याङतर्फ गइरहेको बा प्र ०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरी टोलीलाई देख्नेबित्तिकै भागेपछि शंका लागेर प्रहरीले पछ्याइ खोजतलास गरेको थियो।

मोक्तानको रितपूर्वक खानतलासी गर्दा अटोभित्र लुकाइ राखिएको अवस्थामा लागुऔषध ट्रामाडोलका १५ हजार ९६० क्याप्सुल फेला पारेका थिए। प्रहरीले लागुऔषध तथा अटो दुवै बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मोक्तानविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.