Alag Dhar

चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ ।

निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो।

उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले निर्वाचन सुरक्षा सुदृढीकरणका लागि दिनुभएका निर्देशनहरू :

जनताको सुरक्षाको प्रत्याभूति दिने तथा प्रहरी कारबाहीका गतिविधिलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने वातावरण बनाउन स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न निर्देशन।
चुनावमा एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नपर्ने लक्ष्यसहित विगतका अनुभव र आसन्न परिस्थितिको विश्लेषण गरी सबै सुरक्षा निकायबीच समन्वयात्मक, त्रुटिरहित र संवेदनशीलतामुखी ढङ्गले काम गर्न आग्रह।
जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी र नियन्त्रणमा सुरक्षा निकायसँग सहकार्य गर्दै फरार अभियुक्त पक्राउ गर्न कुनै कमी–कसर नछोड्न आदेश।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.