Alag Dhar

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । धरान उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धरान –८ तिनकुनेस्थित कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ जाँदैगरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र.१–०२–००१ ख ८७५७ नम्बरको रोडको साइडमा रोकी राखेको ट्रकमा पछाडिबाट ठक्कर दिई दुर्घटना भएको हो ।

मोटरसाइकल चालक र मोटरसाइकलमा सवार रहेको दुवै जना घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको थियो ।

उपचारको क्रम्मा एक जनाको मृत्यु भएको अस्पतालले जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले बताउनुभयो । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने मोटरसाइकल चालक २५ वर्षीय मन्जिल लिम्बू रहेको उहाँले बताउनुभयो । मोटरसाइकलमा पछाडि सवार इटहरी –५ बस्ने ३२ वर्षीय अमित राईको उपचार जारी छ ।

घटनाको जानकारी लगत्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको थियो ।

ट्रक र ट्रक चालक तेह्रथुम फेदाप बस्ने २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक मोटरसाइकल चालक लिम्बूको शव बिपी प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.