Alag Dhar

पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

मकवानपुर । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् ।

पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिवेणी गाउँपालिकालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै शनिबारको खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको छ ।

सोमबार आज फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच प्रि–क्वार्टर फाइनल अर्थात पहिलो चरणको खेल हुनेछ । मङ्गलबार सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबिचको खेल हुने कञ्चनजङ्घा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिका भने सहभागी भएको छैन ।

लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावरक सङ्जुम्भो फुङ्लेङले संयक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल भने मङ्सिर २० गते हुनेछ । सदरमुकाम फुङ्लिङस्थित भनुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.