Alag Dhar

गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।

मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सहसचिव, उपसचिवसहित सीमा नाकामा पुग्नुभएको हो ।

प्रदेशको सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको सम्बन्धमा प्रदेश सरकारको तर्फबाट प्रतिवेदन पेस गर्न भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना गरिदैँछ ।

गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाको बलाधिकृत रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत धनगढी पुग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.