Alag Dhar

बजेट अभावका कारण रङ्गशाला निर्माणमा ढिलाइ

मकवानपुर । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर– ६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । नेपालको प्रथम सहिद लखन थापाको नामबाट यहाँ निर्माणाधीन ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो।

आर्थिक वर्ष २०७५-०७६ मा अमरपुरको बुल्मचौरमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माणको काम सुरु भए तापनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन्। सुरुमा राष्ट्रिय खेलकुद परिषद्को करिब तीन करोड रुपियाँ लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबो रोप्ने लगायतको काम भएको थियो । सो कार्यका लागि सुनकोशी अभियान जेभी काठमाडौंसँग सम्झौता भएको हो।

२०७६ सालपछि यहाँ २५ लाख र ५० लाख गरी कुल ७५ लाख रुपियाँको काम भएको इन्जिनियर माधव देवकोटाले जानकारी दिनुभयो। अहिले बजेट अभावका कारण रङ्गशालाको कुनै पनि काम हुन नसकेको उहाँले बताउनुभयो। काम हुँदासम्म निकै राम्रो देखिएको थियो। अहिले त्यहाँको अवस्था भत्किएर अस्तब्यस्त छ। राष्ट्रिय खेलकुद परिषद्संग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो।

पालिकाको स्वामित्वमा काम गर्छौ भनेको माथिबाट स्वीकृत नभएको भन्दै उहाँले पालिकाले काम गर्न पनि प्रक्रियागत झन्झटले नभएको बताउनुभयो। करिब एक अर्ब रुपियाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको रङ्गशालाको कभर्डहल र स्विमिङ पुलसहितको डिपिआर तयार गरिएको थियो।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.