Alag Dhar

९९ प्रतिशतभन्दा बढी विषादी भेटियो रायोको सागमा

मकवानपुर । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो ।

दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट्राइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ।

केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भएको परिक्षण अनुसार दमकबाट सोमबार संकलन गरिएको रायोको सागमा कार्वामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशत भेटिएको छ । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाईएको प्रशाईले जानकारी दिनुभयो ।

उक्त क्षेत्रबाट साग नल्याउन दमकको शब्जि बजारका ब्यापारीहरुलाई सचेत गराईएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौ । ९९ सय प्रतिशतभन्दा माथि हरियो रायोको सागमा विषादी देखिनुलाई सामान्य मान्य नसकिने उहाँको भनाइ छ ।

साग भन्ने बित्तिकै कमजोर तथा विरामीहरुले झन् खोजीखोजी खाने चलन छ यो नै बिष भएपछि झनै उनिहरुको स्वास्थ्यमा समस्या हुनसक्छ, उहाँले भन्नुभयो । केही दिन यहाँ आउने सागको नियमित परिक्षण गरिने पनि उहाँले प्रतिबद्धता जनाउनु भयो । हामीले भाउन्नेको रायोगको सागलाई तत्कालका लागि बिक्रीका लागि प्रतिबन्ध नै गर्छौ, नगर प्रमुख थापाले भन्नुभयो।

दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार कार्वामेट र अर्गानो–फस्फेट दुबै विषादी नेपालमा प्रयोगका लागि प्रतिबन्ध गरिएकाछन् । उहाँका अनुसार कतिपय विषादीहरु तरकारीमा लगाएर केही दिन राख्दा त्यसमा देखिने मात्रा कम हुँदै जाने अवस्था रहनसक्छ ।

उहाँका अनुसार ३५ प्रतिशतभन्दा कम बिषादी देखिएमा यो खानका लागि योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म बिषादी भेटिए केहि दिन राखेर पर्खन सकिन्छ । केहि दिनपछि परिक्षण गर्दा बिषादीको मात्रा कम हुनसक्छ । ४५ प्रतिशतभन्दा माथि बिषादी तथा रसायनको हकमा यो नष्ट गर्नुको विकल्प रहदैन ।

चिकित्सकहरुका अनुसार यस प्रकारका बिषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाइ, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले यो रोक्न सबैले सुझाव दिएको दमक बजार अनुगमन समितिकी संयोजक प्रशाईले बताउनुभयो ।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.