Alag Dhar

१२ कक्षाको परीक्षाका लागि आवेदन फाराम खुल्यो

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले जानकारी दिएको छ ।

२०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ ।

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा उल्लेख छ । बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम आउँदो माघ २५ गतेसम्म बुझाइसक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।

बोर्डका सम्बन्धित कार्यालयहरुले आ–आफ्नो क्षेत्रभित्रका विद्यालय÷क्याम्पसहरुलाई सूचनाको जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

मुख्य समाचार

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ । न...

भोजपुर । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँ...
साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौं । साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डला...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.