Alag Dhar

काठमाडौंका १०७ विद्यालय खारेजीको तयारी

मकवानपुर । काठमाडौं महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ।

महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो।

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो।

तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ।

मुख्य समाचार

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

काठमाण्डौं । श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्...
आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा...
सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८...
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.