Alag Dhar

हेटौंडा सडक विस्तारः जोखिमयुक्त घरटहरामा व्यापार नगर्न प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा जोखिममा परेका घरटहरामा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ।

हेटौंडा उपमहानगरपालिका अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक विस्तारको कार्य भइरहेको छ। सो क्रममा सडक सीमाभित्र पर्ने घरटहराहरू भत्काइएका छन् भने केही संरचना जोखिमपूर्ण अवस्थामा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयले सडक विस्तार कार्य हाललाई स्थगित रहेको स्पष्ट गर्दै अधिकांश घरधनीहरूले आफ्नै संरचना व्यवस्थापन गरिसके पनि केही व्यक्तिहरूले डोजर तथा एक्साभेटर प्रयोगका क्रममा जोखिममा परेका घरटहरामा व्यापार सञ्चालन गरिरहेको भन्दै यसले जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ।

प्रशासनले यस्ता भत्किएका तथा जोखिमयुक्त संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न, नगराउनुका साथै नागरिक र संरचना व्यवस्थापनमा संलग्न कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ।

जोखिमपूर्ण अवस्थामा व्यापार सञ्चालन गर्दा कुनै पनि प्रकारको दुर्घटना भएमा सम्बन्धित घरधनी तथा व्यवसायी स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको मगंलबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

May be an image of blueprint and text

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.