Alag Dhar

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दमक । झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति साढे १० बजे गौरादह नगरपालिका–५ स्थित चान्दु खोला भित्री सडकखण्डमा बालुबथानबाट फकिढिपतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरमा अन्य व्याक्तिहरु पनि रहेका थिए ।

दुर्घटनामा ट्याक्टरमा सवार गौरादह–७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार माजिमलाई दमक अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा गौरादह–५ का ४९ वर्षीय सत्यनारायण राजवंशी, २३ वर्षीय संजित ऋषिदेव, २३ वर्षीय अभिजुल मियाँ र ३४ वर्षीय केलु मियाँ घाइते बनेका छन् । उनिहरुको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको खड्काले जानकारी दिनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.