Alag Dhar

प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हिजो जनकपुर पुगेका नेता शाहले आज आयोजित परिवर्तन उद्घोष सभामा प्रदेश संरचना बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

रास्वपालाई सङ्घीयताप्रतिको धारणा के हो भनेर काठमाडौंमा सोधिने गरेको भन्दै उहाँले वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताउनुभयो ।

शाहले भन्नुभयो, ‘काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भूनाथ घुम्न जाने हो ।’ रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन झापा–५ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहितका नेताहरूको उपस्थितिमा रास्वपाले मधेश केन्द्रित सभा आयोजना गरेको हो । सभामा आक्रामक भाषण गरेका रास्वपा नेता अमरेशकुमार सिंहले मधेशीले प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्नुभयो ।

यसअघि स्वतन्त्र सांसद रहेका सिंह आजै रास्वपा प्रवेश गर्नुभएको हो ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.