Alag Dhar

हेटौंडामा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ भव्य रूपमा मनाइँदै

मकवानपुर । ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको संयुक्त आयोजनामा विद्यालयको २५औं वार्षिकोत्सवको अवसरमा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ विविध शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा आयोजना हुने भएको छ।

महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता, हेटौंडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिता, नगरस्तरीय हाजिरीजवाफ, चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी, अभिभावक तथा सेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता, ज्ञानदीप खेलकुद सप्ताह, रक्तदान कार्यक्रम र विपन्न ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि समावेश गरिएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा तीनदिने विशेष कार्यक्रम आयोजना गरिनेछ। पहिलो दिन समुद्घाटन समारोहसँगै शैक्षिक प्रदर्शनी, फुड स्टल, स्वास्थ्य शिविर र सांस्कृतिक प्रस्तुति रहनेछ।

दोस्रो दिन विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिनेछ भने तेस्रो दिन समापन समारोह, सम्मान कार्यक्रम र विशेष सांस्कृतिक प्रस्तुति आयोजना हुनेछ।

रजत महोत्सवका सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि करिब रु. २१ लाख खर्च हुने अनुमान गरिएको छ। मूल समारोह समितिले महोत्सवलाई भव्य र सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.