Alag Dhar

इजाजत प्राप्त हातहतियार बुझाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका हातहतियार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन आह्वान गरेको हो ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियारहरू संकलन गर्न लागिएको प्रशासनले जनाएको छ ।

यसरी बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक महिनापश्चात सम्बन्धित धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

मुख्य समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। ल...
कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सज...
सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गए...
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.