Alag Dhar

हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता र शैक्षिक मेला आयोजना

मकवानपुर । हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रबद्र्धन प्रदर्शनीसँगै नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको छ । यही माघ १६ र माघ १७ गते हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास नगर समन्वय समिति लगायत विभिन्न निकाहरुको समन्वयमा घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको हो । बिहीबार हेटौंडा–१० नम्बर वडाका वडाध्यक्ष फूर्वादोर्जे लामाले पत्रकार सम्मेलनको आयोजना गर्दै १९ वटै वडाबाट तालिम लिएर तालिम तथा सीप लाई सदुपयोग गर्दै साना उद्योग तथा लघु उद्यमीहरुबाट स्थानीय स्तरमा उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र रोजगार सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । घरेलु उत्पादन प्रवद्र्धन मेलाको बारेमा जानकारी गराएका छन् । घरेलु उत्पादन प्रदर्शनी मेला हेटौंडा–१०,स्थित वस पार्कमा हुनेछ ।

२ दिनसम्म सञ्चालन हुने मेलामा घरमा उत्पादन भएका सामाग्रीहरुका लागि करिब १ सय वटा स्टलहरु राखिने वडाध्यक्ष फूर्वादोर्जे लामाले बताए । आन्तरिक उत्पादन बढाउँ, उद्यमशीलता प्रवद्र्धन गरौं“भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको प्रदर्शनी मेलामा सहभागी हुने मध्ये उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने उनले बताए । प्रदर्शनीमा स्टल राख्ने घरेलु उत्पादक व्यवसायीहरुलाई सहभागिता बापत यातायातको व्यवस्था गरिएको छ ।

यस्तै, नृत्य प्रतियोगिता तर्फको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ५० हजार रुपैयाँ, ३५ हजार रुपैयाँ र २० हजार हजार रुपैयाँ तथा सानत्वना हुने ४ जनालाइ ५ हजार रुपैयाँको नगद पुरस्कारसहित प्रमाणपत्र प्रादान गरिने छ । सामुदायिक विद्यालयबाट एसईईमा ३ दशमलव २५ जीपीए, उच्च माध्यामिक शिक्षामा ३ दशमलव २५ जीपीए ल्याउने विद्यार्थीलाई र संस्थागत विद्यालयबाट एसईईमा ३ दशमलव २५ जीपीए ल्याउने र उच्च माध्यमिक शिक्षा दश जोड दुईमा ३ दशमलव ६५ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उनले बताए । राष्ट्रिय खेलाडीहरुलाई र अटोमेकानिक मिस्त्रीहरुलाई सम्मान, उद्यमीशीलता अर्न्तगत कृषि क्षेत्रमा माछा सुकाएर बजारमा विक्री गर्ने लगायत ढाका उत्पादन गर्ने, कौशी खेती गरी अर्गानीक तरकारी उत्पादन गर्ने गृहिणहरुलाई, योग तालिम लिई सक्षम हुने व्यक्तीहरुलाई र बाख्रापालन गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिने बताइएको छ ।

१० नम्बर वडा अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रर्वद्धन गर्नको साथै उक्त अवसरमा स्थानीय जातजाती, भेषभुषा झल्कने र आ आफनो संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउन स्थानीय पर्यटन र खाना महोत्सव तथा कला संस्कृतिको पहिचान झल्कने गरि नृत्य प्रतियोगिताको समेत आयोजना गरिने छ। उक्त प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुका किसान तथा व्यवसायीहरु द्वारा उत्पादन तथा निर्माण गरेको सेवा तथा वस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ भने नृत्य प्रतियोगीतामा १९ वटै वडाहरुबाट कलाकारहरु सहभागी हुनेछन् ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.