Alag Dhar

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

श्रकबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।

उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए ।

मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ ।

उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेको जानकारी गराए ।

‘जुझारु बिद्रोही छवि मात्रै होइन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग,’ विश्वप्रकाशले भनेका छन्, ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजिवी ।’

संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।

‘यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं,’ शर्माले बैठकका निर्णय सुनाउँदै भने ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.