Alag Dhar

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको छ।

निर्वाचन आयोगका अनुसार देशका २५ जिल्लामा मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छापाइ नियमित रूपमा भइरहेको छ।

यसअघि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको छ। त्यस्तै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिसकिएको छ।

निर्वाचन शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा स्वीकृत सामग्री सार्वजनिक गरेको छ।

यी सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा उपलब्ध छन्। मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गरी तयार पारिएका यी सामग्रीले निर्वाचनको पारदर्शिता बढाउने, नागरिकलाई आधिकारिक र विश्वासनीय जानकारी उपलब्ध गराउने तथा मिथ्या वा भ्रमपूर्ण सूचनाको प्रभाव घटाउने विश्वास लिइएको छ।

अन्तर्राष्ट्रिय समुदायलाई प्रतिनिधिसभा सदस्य निर्वाचनबारे जानकारी गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको समन्वयमा काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख र प्रतिनिधिहरूलाई ब्रिफिङ गरिएको छ।

कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन वातावरण, तयारी, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी जानकारी प्रदान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.