Alag Dhar

भद्रपुरमा भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा पैदलयात्रुको मृत्यु

death

मकवानपुर । झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा परेर पैदलयात्रुको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले आइतबार साँझ पैदल यात्री स्थानीय ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते बन्नु भएका खरेललाई भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पताल पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोष घाइते बन्नु भएको छ । उहाँको अनुहारमा चोट लागेको छ । दुर्घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.