Alag Dhar

हिमाली क्षेत्रमा हिमपात, पहाडी भूभागमा वर्षा हुन सक्ने

मकवानपुर । मौसम आंशिक बदली भएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम हिमपात र छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभएको छ ।

लुम्बिनी, बागमती र कोशी प्रदेशका पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ । सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

साथै बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ ।

त्यसैगरी, आजराति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराइका क्षेत्रमा मौसम सफा रहने अनुमान छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मध्यम हिमपात र हल्का वर्षाको सम्भावना छ । चिसो बढ्न सक्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई सेवामा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसअघि माघ ९ र १० तथा १३ र १४ गते पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमपात र छिटपुट वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस रहेको थियो ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.