Alag Dhar

भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई मंगलबार नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईँहरूले यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुहोस् । तपाईँहरूको आचरण र व्यवहारले नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्नेछ ।”

अनुशासित युवा राष्ट्रको मेरुदण्ड

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै दीक्षित भएका युवाहरू नै राष्ट्रका मेरुदण्ड भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले युवालाई विपद् र संकटको घडीमा अग्रपंक्तिमा उभिएर समाजको भरोसा बन्न समेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भूकम्प, बाढीपहिरो र आगलागीजस्ता विपदमा उद्धार र राहत कार्यमा स्वैच्छिक रूपमा सहभागी भई आफूलाई जिम्मेवार नागरिकका रूपमा प्रस्तुत गर्नुहोस् । कानुनको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षणमा तपाई‌हरूको भूमिका अग्रणी हुनुपर्छ ।”

९० हजार युवा दीक्षित, तालिम विस्तार गरिने

नेपाल सरकारले युवाहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिमलाई आगामी वर्षहरूमा अझ विस्तार गरिने जानकारी दिनुभयो । यस वर्ष देशभरका २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

कवाजको प्रशंसा

समारोहमा क्याडेट छात्रछात्राहरूले प्रदर्शन गरेको कलात्मक र उच्चस्तरको कवाजको प्रशंसा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आजको यो प्रदर्शनले तपाईँहरूको कडा परिश्रम र लगनशीलता झल्काएको छ । यसले हामीलाई सक्षम युवा नेतृत्वप्रति थप आशावादी बनाएको छ ।”

दीक्षान्त समारोहमा प्रधानसेनापति, पृतनापति, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीले तालिम सफल पार्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार र अभिभावकहरूलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.