Alag Dhar

मकवानपुरमा माघ २५ बाट किशोरीहरूका लागि एचपीभी खोप अभियान

मकवानपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ।

सोमबार हेटौँडामा सम्पन्न नियमित खोप तथा विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरूसँगको बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख घिमिरेले मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई खोप लगाइने बताउनुभयो ।

उनका अनुसार, खोप अभियान फागुन १ गतेसम्म विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिनेछ। विद्यालयमा अध्ययन नगरेका वा अभियानका क्रममा छुटेका किशोरीलाई भने फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिनुभयो ।

रिमालका अनुसार, खोप कार्यक्रम पहिलो र दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिनेछ। स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन महत्वपूर्ण सहयोग गर्ने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन्।

हरेक वर्ष फागुन महिनामा लगाइने भनिएको यो खोप यस वर्ष भने प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण समय अगावै सञ्चालन गर्न लागिएको हो। उक्त खोप नियमित रूपमा उपलब्ध हुने समेत निमित्त प्रमुख घिमिरेले स्पष्ट पार्नुभयो।

मुख्य समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। ल...
कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सज...
सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गए...
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.