Alag Dhar

सिआन पुनर्स्थापना केन्द्रमा अवलोकन भ्रमण तथा अन्तरक्रिया सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा, सामाजिक अभियन्ता सन्त लामा, सन्त गौतम तथा भुवन मैनालीले सिआन पुनर्स्थापना केन्द्रको अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भ्रमणका क्रममा केन्द्रमा सञ्चालन भइरहेका उपचार, पुनर्स्थापना, मनोसामाजिक परामर्श, सामाजिक पुनःएकीकरण तथा कृषि र पशुपन्छी पालनसम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरिएको थियो। साथै, केन्द्रका प्रतिनिधि तथा उपचाररत व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामा ले लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआन पुनर्स्थापना केन्द्रले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता संस्थाहरूसँग स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने तथा आगामी बजेट निर्माण प्रक्रियामा समेत सक्रियरूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सकारात्मक उद्देश्यका साथ समाज रूपान्तरणको अभियानमा क्रियाशील रहेकोमा उहाँले सिआन पुनर्स्थापना केन्द्रलाई धन्यवादसमेत दिनुभयो।

कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूले पनि लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने धारणा राख्नुभएको थियो।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.