Alag Dhar

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

death

मकवानपुर । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका-१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२-००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलाको निर्माणधीन पुलबाट खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका-७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार दाङकै तुलसीपुर उपमहानगरपालिका-१७ झिंगेका ३९ वर्षीय कमल वलीको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए।

उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.