
मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मकवानपुरमा सुरक्षा तयारी तीव्र पारिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले गरेको आह्वानपछि हालसम्म १५ जनाले आफ्ना इजाजत प्राप्त निजी हातहतियार प्रहरीलाई बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाभर कुल ६० जनाले हतियार राख्ने अनुमति लिएकोमा बाँकीलाई पनि चाँडै बुझाउन ताकेता गरिएको छ।
निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ। तोकिएको समयमा हतियार नबुझाउनेलाई कानुन बमोजिम कारबाही गरिने प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले चेतावनी दिएका छन्।