Alag Dhar

ग्यासको अभावपछि अनुगमन तीव्र

मकवानपुर । बजारमा खाना पकाउने ग्यासको अभाव तथा खानेतेल, दाल, चामललगायतको भाउ बढेकोले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र जनाएको छ ।

आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् ।

मागभन्दा कम ग्यास आपूर्ति हुँदा अभाव भएको विभागको निष्कर्ष छ । तर निगमले खाना पकाउने ग्यासको अभाव भए सिधै सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

निगमले ग्यासको उपलब्धतामा कुनै समस्या आएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बरमा सम्पर्क गरी उजुरी टिपाउन भनेको छ ।

साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न निगमको आग्रह छ । फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

अहिले दैनिक औसत ११० बुलेटमा ग्यास नियमित रूपमा आयात भइरहेको उहाँको भनाइ छ ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.