Alag Dhar

टी–२० विश्वकप : इटालीलाई हराउने नेपालको लक्ष्य

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध बन्यो ।

पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३स्१५ बजे सुरु हुनेछ ।

इङ्ल्यान्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भईरहेको छ । इटाली टी–२० मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा इटाली तुलनात्माक रुपमा कमजोर मानिन्छ । हाल इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्डले एक एक खेल जित्दै दुई दुई अङ्क बनाएका छन् । नेपाल र इटाली अङ्कबिहीन छन् ।

पहिलो पटक विश्वकप खेलिरहेको इटाली अनुभवका हिसावले पनि पछाडि छ । त्यसैले नेपालले इटालीसँग जितको लक्ष्य राख्नु स्वभाविक देखिएको छ ।

नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा प्रतिस्पर्धा भएको थियो । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले इटालीसँगको खेल नेपालका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । ‘‘पहिलो खेलबाट दबाबलाई थेग्न र कठिन अवस्थामा कसरी खेल्नुपर्छ भन्ने सिकेका छौँ । सुपर आठमा पुग्न अबका खेलहरु महत्वपूर्ण छन् । सबै खेलमा राम्रो खेल्ने छौँ । इटालीलाई हराएर अगाडि बढ्ने अबको लक्ष्य हो,’’ रोहितले भन्नुभएको छ ।

इटालीपछि नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममै खेल्ने छ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.