Alag Dhar

मकवानपुरका दुबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय, चुनावी प्रचारको डिजिटल मोह

मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २—का उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन्। परम्परागत घरदैलो र आमसभासँगै डिजिटल प्लेटफर्मलाई प्रभावकारी माध्यमका रूपमा उपयोग गर्दै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

जिल्लाको दुइ वटै निर्वाचन क्षेत्रमा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्य अधिकांश उम्मेदवारहरु जनताको घरदैलो संगै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

फेसबुक, ट्युटर, टिकटक, इन्स्टाग्राम मार्फत उम्मेदवारहरूले आफ्ना एजेण्डा, विकास योजना, प्रतिबद्धता तथा चुनावी गतिविधिहरू सार्वजनिक गरिरहेका छन्। विशेषगरी युवा मतदातालाई लक्षित गर्दै फोटोहरु, आफ्ना मतदाताहरुलाई सन्देशहरु, छोटा भिडियो सन्देश, र घोषणापत्रका मुख्य अंशहरू सामाजिक सञ्जालमा साझा गर्ने क्रम बढ्दो छ।

बिशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राजश्वपा, राप्रपा लगायतका उम्मेदवारहरु आफ्ना चुनावी प्रचार प्रसारमा जुटेका हुन् । मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा छन् ।

१ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल, नेकपा ९माओवादी० बाट महेश नेपालीले चुनावी प्रचार प्रसारको काम सामाजिक सञ्जालबाट पनि उत्तिकै गरिरहेका छन् ।

क्षेत्र नम्बर १ मा विभिन्न दलका उम्मेदवारहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई मुख्य मुद्दाका रूपमा प्रस्तुत गर्दै डिजिटल प्रचारलाई प्राथमिकता दिएका छन्। उनीहरूले घरदैलो अभियानका तस्बिर र भिडियो सार्वजनिक गर्दै मतदाताको समर्थन मागिरहेका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ मा पनि उम्मेदवारहरू सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। दैनिक कार्यक्रमको अपडेट, आमसभा र भेटघाटका झलक, समर्थकहरूसँगको अन्तरक्रिया तथा चुनावी प्रतिबद्धतासहितका सन्देशहरू नियमित रूपमा पोस्ट भइरहेका छन्। केही उम्मेदवारले प्रायोजित (पेड) पोस्टमार्फत आफ्नो पहुँच विस्तार गर्ने प्रयाससमेत गरिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा (माओवादी)बाट राम घलान ‘वाटर’ तथा संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा चुनावी मैदानमा छन् । उनीहरुले चुनावी प्रचारको अभियानलाई सामाजिक सञ्जाल मार्फत पनि जोड दिएका छन् ।

सामाजिक सञ्जाल अहिले चुनावी अभियानको प्रभावकारी माध्यम बन्दै गएको छ। कम खर्चमा धेरै मतदातासम्म पुग्न सकिने भएकाले डिजिटल प्रचारलाई उम्मेदवारहरूले प्राथमिकतामा राखेका छन्। विशेषगरी शहर र अर्धशहरी क्षेत्रका मतदातामा यसको प्रभाव उल्लेख्य देखिन्छ।

यसपटकको चुनावमा मकवानपुरका दुवै क्षेत्रमा परम्परागत प्रचार शैलीसँगै डिजिटल माध्यमको प्रतिस्पर्धा समेत देखिएको छ। सामाजिक सञ्जालमा देखिएको सक्रियता हेर्दा उम्मेदवारहरूबीच ‘डिजिटल दौड’ नै सुरु भएको आभास मिल्छ। चुनावी माहोल तात्दै जाँदा सामाजिक सञ्जालमा हुने प्रचार–प्रसारले मतदाताको निर्णय प्रक्रियामा कत्तिको प्रभाव पार्ने हो भन्ने विषय भने निर्वाचन परिणामसँगै स्पष्ट हुनेछ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.