Alag Dhar

सडक अवरुद्ध भएपछि नाम्खा गाउँपालिकाको चुनावबारे आपत्ति

हुम्ला । आगामी फागुन–२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लाका लागि चिन्ताको विषय बन्दै गएको छ ।

जाडो छल्न गाउँलेहरु बेँसी झरेकाले र गाउँसम्म पुग्ने बाटो हिउँले अवरुद्ध भएकाले मत नखस्ने चिन्ता भएको हो ।

नाम्खा गाउँपालिकाले सरकारलाई पत्र लेखेर हिउँ पन्छाएर बाटो खुलाइदिन भनेको छ । साथै जिल्ला निर्वाचन कार्यालयलाई अर्को छुट्टै पत्र लेखेर फागुन २१ को निर्वाचन केही पर सारिदिन अनुरोध गरेको छ ।

नाम्खा गाउँपालिका–६ लिमीमा ६७२ मतदाता छन् । त्यहाँ तीन वटा मतदानस्थल तोकिएका छन् । तर, त्यहाँका अधिकांश मतदाताहरू जाडो छल्न काठमाडौं, सुर्खेत, भारत लगायतका स्थानमा गएकाले मत नखस्ने सम्भावना रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । त्यसैले सरकारले नारा र न्यालु लेकको हिउँ पन्छाउन पहल गर्नुपर्ने वा निर्वाचन सारिदिनुपर्ने तामाङले बताए ।

उनका अनुसार उत्तरी नाम्खा गाउँपालिका–६ का लिमी, तिल, जाङ, हल्जी गाउँका अधिकांश मतदाताहरू जिल्ला बाहिर छन् । हिमपातले नाम्खा गाउँपालिका–६ को न्यालु लेक क्षेत्रमा हिउँ जमेकाले सडक सम्पर्क बन्द छ ।

वडानम्बर ५ मा पर्ने नारा लेक क्षेत्रमा पनि हिउँ जमेर आउजाउ गर्न नसकिने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । हिमपातले ८ र ९ नम्बर पिलरसम्म अनुगमनमा जान समेत गाह्रो भएको सीमा सुरक्षा प्रहरी बल बिओपी हिल्साका इन्चार्ज कृष्ण दाहालले जानकारी दिए । उनका अनुसार नारा लेक क्षेत्रमा ३ देखि ४ फिट हिउँ जमेको छ ।

 

मुख्य समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। ल...
कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सज...
सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गए...
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.