Alag Dhar

टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे

मकवानपुर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो ।

जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजरबानीले ४, ब्राड इभान्सले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो । जिम्बावेका ब्रायन बेनेटले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले १र१ विकेट लिए ।

योसँगै जिम्बावे २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ । अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे क्यानडा र यूएई तथा बेलुका सवा ७ बजे अमेरिका र नेदरल्यान्ड्स खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

मुख्य समाचार

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हु...

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद

मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिन...

एमाले उम्मेदवार रामेश्वर रानाको घरदैलो अभियान तीव्र

हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनि...
पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

मकवानपुर । पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.